एसपी रिपोर्टर
जनकपुरधाम, चैत १५ : जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको होली मिलन समारोह सम्पन्न भएको छ । एक होटलमा आयोजित समारोहमा प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नेता, नेतृहरुलाई रंग, अविर लगाएर होलीको शुभकामना प्रदान गरेका थिए ।

प्रदेश सांसद परमेश्वर साह, नेताहरु मनोज चौधरी, प्रमोद यादव, संजय कुमार साह, सिताराम यादव सहितको उपस्थिती रहेको कार्यक्रममा जसपाका नेतृहरु समेतको उपस्थिती थियो ।
