एसपी रिपोर्टर
जनकपुरधाम, चैत १४ : रौनियार सेवा समिति जनकपुरधामको होली मिलन समारोह सम्पन्न भएको छ । समिति र त्यसको युवा संगठन रौनियार युवा मञ्चको संयुक्त आयोजनामा भएको होली मिलन समारोहमा वक्ताहरु शुभकामना दिनुका साथै रौनियार महिला मञ्च गठनका आवयश्कतामा जोड दिएका छन् ।

देश र प्रदेशमा समेत महिला शस्क्तीकरणको अभ्यास प्रयास तथा अवसरहरु प्रयाप्त आउने गरेकाले रौनियार महिलाहरुको संगठन पनि आवयश्क रहेको औंल्याइएको छ । समितिका अध्यक्ष अरुण कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी वरिष्ठ ईन्जिनियर चन्देश्वर प्रसाद रौनियारले पनि अव महिला मञ्च गठन गर्नुपर्ने बताए ।

कार्यक्रममा स–परिवार उपस्थित रौनियार समुदायका व्यक्तिहरु एक अर्कामा अविर लगाएर होलीको शुभकामना आदान प्रदान गरेका थिए । समितिका वरिष्ठ उपाध्यक्ष राम प्रताप गुप्ता, महासचिव प्रमोद गुप्ता, पुर्व अध्यक्ष लालबाबु गुप्ता, युवा मञ्चका अध्यक्ष शुनिल साह सहित रौनियार समुदायको बाक्लो उपस्थिती रहेको कार्यक्रममा दिवा भोजको समेत आयोजना गरिएको थियो ।