एसपी रिपोर्टर
जनकपुरधाम, चैत १४ : क्लोथ बैंक धनुषाले होलीमा भेटघाट कार्यक्रमको आयोजना गरेको छ । बैंकका पदाधिकारी, सदस्यहरु सहित कोरोनाकालमा बैंकसंगको सहकार्यमा मेडिकल अभियान चलाएको चिकित्सको समुह, सञ्चारकर्मी, युवा र राजनितिक अगुवाहरुसंग बैंकले होली भेटघाट कार्यक्रम गरि शुभकामना आदान प्रदान गरेका छन् ।

बैंकका अध्यक्ष तथा जसपा नेता राजिव झाको अध्यक्षतामा भएको कार्यक्रममा माँ जानकी यातायात प्रा.ली.का अध्यक्ष तथा जसपा नेता मनोज चौधरी, डा. अजय मिश्र, डा. अजय झा, जि.स.स. धनुषाका उपप्रमुख दिपक झा, महिला नेतृ विभा ठाकुर सहितका वक्ताहरुले होलीमा सवै मनमुटावहरु समाप्त भई भाइचारा र सदभाव छाओस भन्ने कामना गरेका थिए ।

कार्यक्रममा जसपा नेता राजु चौधरी, बैंकका सचिव मनिष श्री ओम, कोषाध्यक्ष रुवी झा सहित पत्रकार, युवा अगुवाहरु सहितकाको उपस्थिती थियो ।





