एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ : जलस्रोत तथा सिंचाई विकास डिभिजन, धनुषा जनकपुरधामका डिभिजन प्रमुख सि.डि.ई भगवान झाले ३ सय ५० हेक्टर कृषि योग्य जग्गामा वर्षको १२ महिनानै सिंचाई सुविधा पुर्याउनको लागि आज माची झिटकैया सिंचाई योजनाको शिलान्यास गरेका छन् ।
उक्त अवसरमा स्थानीय किसानहरूको उपस्थित रहेको थियो । उक्त योजनाको कुल लागत ४ करोड़ रहेको र दुई आर्थिक वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको झाले बताए । उक्त योजनामा धभष्च निर्माण, मूल नहर र शाखा नगर तथा ख्च्द्य कल्वर्टका कार्यहरु हुने जनाईएको छ ।
मनियारी, पिपरा मईन, कलारी बाँध, अरही नदी सिचाँई योजना र माची झिटकैया सिचाई योजना गरी करिब २ हजार हेक्टर जग्गामा वर्षभरि सिंचाई सुविधा १ वर्षभित्र किसानहरु समक्ष पुगि कृषि उपजमा भारी वृद्धि हुने भएपछि धनुषाका किसानहरू हर्षित छन् ।





