एसपी रिपोर्टर
जनकपुरधाम, चैत ९ : रौनियार सेवा समिति जनकपुरधामलाई ट्रान्सफर्मर सहयोग गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर/उपमेयरलाई सम्मान गरिएको छ । उपमहानगरपालिकाले समितिलाई डेढ सय के.भी.को विद्युत लाइन प्रशारण गर्ने ट्रान्सफर्मर सहयोग गरेको प्रति मेयर लाल किशोर साह र उपमेयर रिता झा सहितकालाई एक समारोहका बिच समितिले सम्मान गरेको हो ।
करिव साढे १२ लाख पर्ने ट्रान्सफर्मर जडान भएपछि समितिको सेवा सहज हुने र यस्ले समाजलाई नै फाईदा भएको समितिका अध्यक्ष अरुण कुमार साहले बताए । वरिष्ठ उपाध्यक्ष रामप्रताप साहले पनि ट्रान्सफर्मरले समितिको विद्युतीय समस्या समाधान हुने बताए । कार्यक्रमका बिच उच्च अदालत जनकपुरधामका अधिवक्ता मनोज रौनियार, जनकपुरधाम राजश्व कार्यालयका अधिकृत रामकृष्ण रौनियारलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा समितिका केन्द्रिय अध्यक्ष समाजसेवी शिवनाथ प्रसाद साह, चन्द्रेश्वर प्रसाद रौनियार, जउनपा वडा नं. ४ का वडा अध्यक्ष सुदर्शन सिंह, वडा नं. ९ का परमेश्वर साह, वडा नं. ५ का अध्यक्ष मनोज साह, युवा मञ्चका अध्यक्ष शुनिल साह, पुर्व अध्यक्षहरु सहित समितिका पदाधिकारी तथा सदस्यहरु सहितको उपस्थिती थियो ।