एसपी रिपोर्टर
जनकपुरधाम, चैत ७ : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धनुषाको अध्यक्षमा विनोद कुमार साह सर्वसम्मत चयन भएका छन् । वर्तमान अध्यक्ष नितेश कुमार साहको अध्यक्षता र केन्द्रिय उपाध्यक्ष राजलाल गुप्ताको विशेष उपस्थितीमा भएको जिल्लाको ७ औं अधिवेशन तथा सम्मान कार्यक्रमबाट साहको नेतृत्वमा १६ सदस्सीय धनुषा जिल्ला समिति चयन भएको छ ।

समितिको प्रथम उपाध्यक्षमा सरोज कुमार चौधरी, द्वितिय उपाध्यक्षमा प्रकाश धमला, सचिवमा प्रेम चन्द्र शिवहरे, कोषाध्यक्षमा श्रवण कुमार यादव र सह सचिवमा विरेन्द्र कुमार मिश्र सहित सदस्यहरु चयन भएका छन् । कार्यक्रममा महासंघका केन्द्रिय प्रदेश तथा जिल्लाका पदाधिकारी तथा सदस्यहरु सहित महासंघ आवद्व पेशाकर्मीहरुको उपस्थिती थियो ।