एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २९ :
मैथिली बिकास कोषको आयोजनामा भईरहेको मासिक मैथिली कथा गोष्ठीले निरन्तरता पाइरहेको छ । कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा आज पनि भएको कथा गोष्ठीमा करिव १५ जना कथाकारहरुले आ–आफनो कथा वाचन गरेको कोषका अध्यक्ष चौधरीले बताए ।

एसपी खवरसंग कुराकानी गर्दै चौधरीले भने, ‘कोषको आयोजनामा प्रत्येक महिनाको दोस्रो शनिवार कवि गोष्ठी र अन्तिम शनिवार कथा गोष्ठी निरन्तर गर्दै आइरहेका छौं ।’ गत तिन महिना देखि निरन्तर यस्ता गोष्ठीहरु हुदै आएको समेत उनले जानकारी गराएका छन् ।

प्रदेश २ का मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईको प्रमुख आतिथ्यमा उद्घाटन सत्र भएको थियो भने तेस्रो कथा गोष्ठी साहित्यकार तथा वरिष्ठ पत्रकार राम भरत साहको अध्यक्षतामा सम्पन्न दुई सत्र मध्ये पहिलो सत्रको समीक्षा ई. बिनोद चन्द्र झा र दोस्रो सत्रको समीक्षा रोशन जनकपुरीले गरेका थिए । कथा गोष्ठीको पहिलो सत्रमा सपना कर्ण, सुजित कुमार झा, पुनम झा मैथिली, राजेन्द्र ललन र प्रियंका मिश्र ले कथा वाचन गरेका थिए भने दोस्रो सत्रमा ई. बिनोदचन्द्र झा, जयन्त ठाकुर, महेन्द्र कुमार मिश्र, राकेश कुमार ञरसिकझ, प्रेम विदेह ललन, परमेश्वर कापडि, रोशन जनकपुरी र राम भरत साहले कथा वाचन गरेका थिए ।

कार्यक्रममा धनुषा र महोत्तरीका दर्जनौं साहित्यकार सहित जनकपुरधामको तिरुहुत मा.वि. र एसएम क्याम्पसका विद्यार्थीहरुले समेत सहभागिता जनाएका छन् ।