एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २४ : जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साहले सहकारी संस्थाहरु किसान र गरिव तथा विपन्नहरु संग सहकार्य गर्नुपर्ने बताएका छन् । सोमबार जनकपुरधाममा आयोजित जिल्ला सहकारी संघ लिमिटेडको ५१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मेयर साहले सहकारी संस्थाको योगदान वर्तमान समाजमा फैलिदै गएको भन्दै गरिव विपन्नहरुलाई समेटन आग्रह गरेका छन् ।
जिल्ला सहकारी संघ धनुषाका अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका केन्द्रिय सदस्य तथा नेपाल केन्द्रिय मत्स्य सहकारी संघ लिमिटेडका केन्द्रिय उपाध्यक्ष समेत रहेका नेता संजय कुमार साहले सहकारीको प्रभावकारीरिता ग्रामिण भेगमा समेत विस्तारित हुदै गएको बताए ।

कार्यक्रममा जसपाका नेताहरु संजय कुमार चौधरी, मनोज कुमार चौधरी, सुरेन्द्र मण्डल, सहकारीकर्मी बिजय यादव, जिबेन्द्र झा, जनकपुर जेसिजका अध्यक्ष मनोज कुमार साह, मनोज कुमार साह, प्रशान्त झा सहितको सहभागिता रहेको थियो भने कार्यक्रमको उदघोषण संघका धनुषा उपाध्यक्ष सिताराम यादवले गरेका थिए ।





