एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३० : श्री रामजानकी युवा कमिटिले जानकी वृद्वाश्रममा साडी, नगद, फलफुल तथा पानी सहयोग गरेको छ । कमिटिद्वारा निर्मित श्री गणेश मन्दिरको ११ औं वार्षिकोत्सव तथा कमिटिमा नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहन तथा पद हस्तान्तरण कार्यक्रमको अवसरमा सो सरसमानहरु वृद्वाश्रममा दान गरिएको छ ।

नव निर्वाचित अध्यक्ष संजय कुमार साहको अगुवाईमा पुगेको नव पदाधिकारी, निर्वतमान पदाधिकारी सहित विभिन्न युवा क्लवहरुको प्रतिनिधीहरुको उपस्थितीमा वृद्वाश्रममा २२ थान साडी, ४१ सय रुपैया, फलफुल तथा पानी सहयोग गरिएको नव अध्यक्ष साहले बताए ।

साथै समिति सहितको समुह जनकपुरधाम स्थित असहाय बालबालिका निवास स्थल (कविर अनाथ आश्रम) मा समेत पुगेर २२ थान रेडिमेड कपडा, फलफुल र पानी सहयोग गरेको छ ।
