एसपी रिपोर्टर
जनकपुरधाम, माघ १९ : जिल्ला युवा सञ्जाल, धनुषाको तेश्रो बार्षिक साधारणसभाबाट नियुक्त भएका पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । अधिवक्ता राज कुमार महासेठको विशेष उपस्थितीमा उनीहरुको पदभार ग्रहन भएको छ ।
नयाँ कार्यसमितिका अध्यक्ष धीरज साह, उपाध्यक्ष देव महतो, महासचिव कुलदिप साह, सचिव ओम प्रकाश मण्डल र कोषाध्यक्ष खुश्बु साहका साथै सदस्यहरु बुधेश्वर रजक, जितेन्द्र राम, दिपीका कार्की, बजरङ्ग शर्मा, सिमा यादव, इन्द्रभुषन यादव सहितकाले पदभार ग्रहण गरेका छन् ।
सो अवसरमा युवा अभियन्ता अशोक साह, जमुना भुजेल, रोशन मिश्र, राजीव झा, गायत्री मिश्र, अन्जना साह र लक्ष्मी साह सहितको उपस्थिती रहेको थियो ।