एसपी रिपोर्टर
जनकपुरधाम, माघ २ : धनुषाको मिथिला नगरपालिकामा नगर पत्रकार संजाल गठन भएको छ । बिहिवार ढल्केवरमा मिथिला नगरपालिकालाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका पत्रकारहरूको भेलाले मिथिला नगर पत्रकार संजालको तदर्थ समिति गठन गरेको हो ।
जनप्रतिभा साप्ताहिकका सम्पादक शंकर थापाको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन भएको हो । गठित समितिको उपध्यक्षमा सरू लामा, कोषाध्यक्षमा विजयकुमार साह, सचिवमा विनोद महतो चयन भएका छन् । यस्तै सदस्यहरूमा विजय कुमार सिंह, राजकमल सिंह र प्रेम बहादुर कार्की रहेका छन् ।
यसैबीच मिथिला नगर पत्रकार संजाल गठन भएको विषयमा मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोलाई लिखित जानकारी गराइएको छ । शुक्रवार संजालका पदाधीकारीहरूले नगर प्रमुख महतोलाई लिखित जानकारी गराएका हुन् ।