एसपी रिपोर्टर
महोतरी, पुष २३ : विगत लामो समय देखि विवाद हुँदै आएको गौशला नगरपालिका वडा न.१ को वडा कार्यालयको भवन स्थानीय संग छलफल नगरी गर्न लागेको भनि स्थानीयले आपती जनाएको छ । स्थानीयहरुको विरोधको बावजूद सो योजनाको निर्माण कार्य अगाडि बढाइएको छ ।
स्थानीयहरुले मेयर शिवनाथ महतो समक्ष वडा कार्यको काम छलफल नगरी अगाडि न बढाउन भनी एउटा निवेदन पेश गरेको थियो। सो निवेदन मा मेयर शिवनाथ महतोले सर्वदलीय भेला गरी मात्र काम अगाडि बढाउने भनि तोक लगाएको छ तर कुनै भेला नै नगरी वडा कार्यालयको निर्माण अगाडि बढाइएकोमा स्थानीय आक्रोसित छन् ।

पुरानो २ कठ्ठा सरकारी जमीनमा अवस्थित वडा कार्यालयलाई केही संकीर्ण सोच भएको व्यक्तिको निजी स्वार्थलाई केन्द्रबिन्दु मा राखी १ कट्ठा जमीन दिई बनाइराखेको छ । वडा कार्यालय कसैको व्यक्ति विशेषलाई ध्यानमा राखी बनाउने न भई समाजको हीतलाई केन्द्रबिन्दु मा राखी बनाउने कुरा स्थानीयले बताउँदै आइरहेका छन् ।