एसपी रिपोर्टर
धनुषा, पुष ३ : सबैला सेवा समिति कतारको सहयोगमा प्रत्येक वर्ष प्रदान गरिने “स्व. जिबछ लाल दास गरिब तथा जेहेन्दार विद्यार्थी मेघाबी छात्रवृति अक्षयकोष”ले यस वर्ष पनि गरिव जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्नुका साथै विभिन्न कार्यक्रम गरेको छ । स्व. दास आर्दशवादी र गान्धीवादी शिक्षक हुनुहुन्थ्यो ।
सवैला सेवा समिति सवैलाका अध्यक्ष सञ्जिब कुमार श्रेष्ठको अध्यक्षतामा नगरपालिककै सतोषर श्री रामजानकी नमुना मा.वि. कुसमाहामा आयोजित एक समारोहका बिच कुल छ विद्यालयका एक÷एक छात्र÷छात्रा गरि १२ जना विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरिएको छ । समितिका नथुनी यादवको अनुसार यस वर्ष भएको १४ औं छात्रवृति वितरण समारोहबाट उनीहरुलाई शैक्षिक समाग्री तथा विद्यालय पोशाक प्रदान गरिएको छ ।
छात्रवृति पाउने तपÞर्m श्री मदन आश्रित निम्न माध्यमिक बिद्यालय, सबैलाका कक्षा ८ का सुदिप कुमार माली र कक्षा ६ की आरति कुमारी गरेरी, श्री राम प्रसाद माध्यमिक बिद्यालय सबैलाका मनिता कुमारी यादव, कक्षा ( ७) र बिमलेश कुमार सादा कक्षा (६), श्री सरस्वति माध्यमिक बिद्यालय ठिल्ला सबैलाका पुजा कुमारी दास कक्षा (१०) र अनिश कुमार राय कक्षा (९), श्री फकिर चन्द गामी उच्च माध्यमिक बिद्यालय बरकुर्बाका अलका महतो कक्षा (९) र अब्दुल रहमान कक्षा (७), श्री सहिद शम्भु प्रा.बि.सबैलाका राजिब महरा कक्षा (३) र सिबानी कुमारी राम कक्षा (५), श्री रामजानकी नमुना मा बि सतोषरका रंजन कुमार मण्डल, कक्षा (९) र शिब कुमारी राय कक्षा (५) रहेका छन् ।

साथै सोहि अवसरमा आयोजित मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा नृत्य प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको छ । हाजिरी जवाफ प्रतियोगितामा श्री रामजानकी नमुना मा बि सतोषर प्रथम र श्री सरस्वति मा.बि. ठिल्ला सबैला दोस्रो भएको थियो भने नृत्य प्रतियोगीता तर्फ श्री सरस्वति मा.बि. ठिल्ला सबैलाका सरस्वति नायक कक्षा(११) र बिशाल राय प्रथम तथा श्री रामजानकी नमुना मा बि सतोषरका हेमन्त कुमार यादव कक्षा(१०) र अन्जना कुमारी यादव, कक्षा(९) दोस्रो भएका छन् ।

कार्यक्रममा सबैला नगरपालिकाको मेयर विजय शंकर प्रसाद साह, कमला नगरपालिकाका शिक्षा शाखा अधिकृत अमित प्रसाद जयसवाल, राधा स्वामी सत्संग ब्यास नेपाल कुम्भकर्णका प्रतिनिधि रामचन्द्र यादव, महिन्द्र मण्डल, हेल्प मधेशी नेपालका केन्द्रिय अध्यक्ष राम उद्गार यादव, नेकपाका नेता राजु प्रसाद गुप्ता, जगदीश यादव, सबैला सेवा समिति सदस्य बिनोद कुमार साह, धनुषा सेवा समाजका अध्यक्ष हरि महतो, मिथिला वेलफेयर सोसाईटी सतोषरका अध्यक्ष राम पुकार यादव, मनिष राय, पत्रकार जितेन्द्र राम सहभागि थिए भने विशेष आकर्षणका रुपमा मिथिलाका प्रसिद्ध गायक ज्ञानु यादव र कलाकार रेजिना सुबेदी, निरुता लामा लगायतका अतिथिहरु विभिन्न स्कूलका प्रतिनिधि शिक्षकहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको आयोजन गुराँस युवा क्लब सबैलाले गरेको थियो । हाजिरी जवाफ प्रतियोगितामा अरुण महासेठ, गुल्जार राउत, महिन्द्र मण्डल, रामचन्द्र यादव, ओम नायक, लगायत कमल नगरपालिका शिक्षा शाखा अधिकृत अमित जैसवाल सहितको सहयोग रहेको जनाइएको छ ।

