एसपी रिपोर्टर
जनकपुरधाम, पुष १ : मानवअधिकारको अवस्थाबारेमा संचारकर्मी र मानवअधिकारहरुविच पुष १ गते जनकपुरमा मिडिया साझेदारी बैठक सम्पन्न गरिएको छ । इन्सेक प्रदेश २ संयोजक राजु पासवानको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ धनुषा शाखाका सभापति अनिलकुमार मिश्रको प्रमुख आतिथ्यतामा मिडिया साझेदारी बैठक सम्पन्न गरिएको हो ।
बैठकमा प्रदेश २ मा १४ जना पत्रकारहरुमाथि हालसम्म राज्यपक्ष र गैरराज्यपक्षबाट कुटपिट, यातना तथा दुव्र्यवहारका घटना भएको प्रदेश २ संयोजक राजु पासवानले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रदेश २ मा बोक्सीको आरोपमा १० महिलालाई दुव्र्यवहार गरिएको र राज्यपक्षबाट २ जनालाई गोली हानि हत्या गरिएको बताए । सन २०२० को अन्त्यमा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भएको र प्रहरी हिरासतमा तिनजनाको मृत्यु भएको प्रतिवेदनमा छ ।

कार्यक्रममा मानवअधिकारकर्मी, महिलाअधिकारकर्मी र सञ्चारकर्मी सहितको उपस्थिती रहेको थियो ।





