एसपी रिपोर्टर
जनकपुरधाम, पुष १ : महोतरीको बर्दिवास स्थित आन्दोलनमा गोली लागेर मृत्यु भएका मृतक परिवारलाई परिवारलाई बिस्मिल्लाह नेपाल सोसाइटी इम्प्रुभमेन्टद्वारा आर्थिक सहयोग गरिएको छ । महोत्तरीको बर्दिवासमा एक वालिकाको बलात्कार पछि हत्या गरिएपछि भएको आन्दोलन उग्ररुप लिएपछि प्रहरीको गोली लागेर घाइते भएका संजय भनिने स्थानिय बुद्धिराज न्यौपानेको उपचारको क्रममा काठमाण्डौंमा निधन भएको थियो ।
इम्प्रुभमेन्टका कैयुम राइनले पिडित परिवारलाई नगद रु २० हजार सहयोग गरिएको बताए । युवा अभियन्ता समेत रहेका राइनले सहयोगले केहि भएपनि राहत हुने विश्वास लिएको बताए । उनीहरुले बलात्कारिलाई कडा भन्दा कडा सजाय दिन र मृत्यु भएका न्यौपानेलाई शहिद घोषणाको समेत मांग गरेका छन् ।