एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ४ :
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ का विपन्न परिवारका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । वडाका मुसहर समुदायका ३० बालबालिकाहरुलाई निशुल्क न्यानो कपडा हाइनेक, ट्रेकसेट वितरण गरिएको स्थानिय भाग चरण यादवले बताए ।

मेरो प्रयास र वडा नंं. १४ को संयुक्त आयोजनामा काठमाडौको हर्टवीट नामक संस्थाको सहयोगमा सो कपडाहरु वितरण गरिएको छ । वार्ड अध्यक्ष पुण्य प्रताप यादवको अध्यक्षतामा मुसहर बालबालिकाहरुलाइ छठ पर्वको अवसर र जाडो समेत बढन लागेकाले न्यानो कपडा (हाइनेक, ट्रेक) सेट ३० बालबालिकाहरुलाई निः शुल्क बितरण गरिएको छ ।

कपडा बितरण कार्यक्रममा हर्टवीटका प्रतिनिधी, वडाका वडा सदस्य उपेन्द्र बिमल साह , महिला सदस्य शिव देवी सादा, भु.पु. वार्ड अध्यक्ष मोहन यादव, शहरी स्वास्थ्य केन्द्र मुजेलियाको प्रमुख विजय कुमार नायक, समाजसेवी बिन्देश्वर यादव, प्रदीप यादव, राम दत्त ठाकुर, प्रबोध राय, युवा दायानिधी यादव लगाइत मेरो प्रयास नेपालका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।