एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ५ : आईएमई लाईफ इन्सोरेन्स कम्पनीले राम्रो काम गर्ने उत्कृष्ट एजेन्सी् म्यानेजरहरुलाई पुरस्कृत एवं सम्मान गरेको छ । बुधवार विजयादशमीको अवसरमा आयोजित शुभकामना आदान कार्यक्रमका बिच आईएमई लाईफ इन्सोरेन्स कम्पनी जनकपुरधाम शाखाले आफना म्यानेजरहरुलाई पुरस्कृत एवं सम्मान गरेको हो । जनकपुरधाम शाखा प्रमुख सञ्जिव साह रौनियारका अनुसार गएको असोज महिनामा उत्कृष्ट काम गर्ने तीनजनालाई दोसल्ला ओढाई सम्मान तथा विभिन्न पुरस्कार प्रदान गर्दै पुरस्कृत गरेको हो ।
कम्पनीले आफना म्यानेजरहरु विकास प्रसाद गुप्ता, शुभम रौनियार र रणधीर रायलाई पुरस्कृत गरेको हो । राईस कुकर र इलेक्ट्रिक हिटर सहितका घरेलु सर समानहरु उपहार स्वरुप प्रदान गर्दै दोस्सला ओढाएर सम्मान गरिएको जनकपुरधाम शाखा प्रमुख रौनियारले जनाए । पुरस्कृत हुनेहरुलाई कम्पनीका प्रदेश २ प्रमुख रविशंकर सर्राफले सम्मान गरेको थियो । सो कार्यक्रममा जनकपुरधाम शाखाका कर्मचारी प्रभु नारायाण यादव कम्पनीसँग आवद्व बीमा अभिकर्ता र विभिन्न एजेन्सी म्यानेजरहरु सहितको उपस्थिति रहेको थियो ।
