एसपी रिपोर्टर
जनकपुरधाम, असोज २८ : सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेश २ लाई स्वस्थ्य र स्वच्छ राख्न प्रदेश भरिका स्वास्थ्यकर्मीलाई एकजुट भएर लाग्न आग्रह गरेका छन । स्वास्थ्य कार्यालय सप्तरीद्वारा आयोजित वार्षिक समीक्षा गोष्ठीको समुघाटन गर्दै मन्त्री साहले प्रदेश २ को स्वास्थ्यको ईन्डिकेटर खस्किदो अवस्थामा रहेकोमा त्यसलाई सुधार गर्न सवैलाई काँधमा काँध मिलाई अगाडि बढनुपर्नेमा जोड दिएका छन् ।
त्यसैगरि सामाजिक विकास मन्त्रालय प्रदेश २ स्वास्थ्य तालिम केन्द्र पथलैया बाराद्वारा सप्तरीमा सञ्चालित ६० दिने एसबिए तालिमको समुदघाटन गर्दै मन्त्री साहले प्रदेश २ ले दक्ष जनशक्तिवाटै मात्र प्रसुती गराउने निति अनुरुप यस किसिमका तालिमहरुलाई प्राथमिकताका साथ अगाडि बढाएको बताए ।