एसपी रिपोर्टर
जनकपुरधाम, असोज २७ : नेपाल तराई ईन्जिनिर्यस समाज धनुषाको नँया कार्यसमिति यचन भएको छ । जनकपुरधाममा आयोजित भेलाले समाज धनुषाको अध्यक्षमा कृष्ण प्रसाद पंडितलाई चयन गरेको छ । १ सय १ सदस्यीय समिति रहेको नेपाल तराई ईन्जिनियर्स समाज धनुषाको अध्यक्षमा पंडित सर्वसम्मत चयन भएको समाज प्रदेश २ का अध्यक्ष वरिष्ठ इन्जिनियर भगवान झाले बताए ।
त्यसै गरि समाज धनुषाको सचिवमा सोनु साहलाई चयन गरिएको छ । सि.डि.ई. भगवान झाको अध्यक्षतामा भएको ईन्जिनियरहरुको भेलामा समाजका केन्द्रिय महासचिव दीपेन्द्र साह सहितको विशेष उपस्थिति रहेको झाले बताए ।