एसपी रिपोर्टर
जनकपुरधाम, असोज ४ : कोरोना भाइरस कोभिड १९ को महामारीमा उपचार दुर्लभ रहेको वेला वडामै चिकित्सकहरुको समुह पुगेर निशुल्क उपचार गरेपछि वडावासी खुसी भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ बिन्धीवेलाका स्थानियहरु निशुल्क उपचार र औषधी पाएपछि हर्षित भएका हुन ।
महेन्द्र नारायण निधी स्मृती प्रतिष्ठानको आयोजना तथा प्रतिष्ठानका जनकपुरधाम स्थित शेभुच्छुक र नेपाली कांग्रेसका नेता कार्यक्रताहरुको सहयोगमा सञ्चालित एक दिवसीय स्वास्थ्य शिविरमा करिव ३ सयले उपचार तथा औषधी सेवा पाएको प्रतिष्ठानका शुभेच्छुक जिवनाथ चौधरीले बताए ।
जेनरल फिजिसयन, बालरोग, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नशारोग, पेट र छाती सम्बन्धी रोगहरुका विशेष चिकित्सहरुको समुहनै वडामा आएर निशुल्क उपचार र औषधी दिएपछि एकदमै राहत मिलेको वडावासीहरुले बताए । कोरोना महामारीका वेला सर्वसाधारणलाई सहज स्वास्थ्य सेवा पुर्तीका लागि शिविर गरिएको चौधरीले बताए ।
शिविर सञ्चालनमा प्रतिष्ठानका सहयोगीहरु जिबनाथ चौधरी, मनोज साह, निर्मल चौधरी, शम्भु साह, राकेस बिक्रम साह, दिपक ठाकुर, सम्झना वर्मा, अखिल मढी, गुडडु पाण्डे, घनश्याम मिश्रा, चन्दन राय, संदिप संगम, अविनाश सिंह राजपुत र बलराम गुप्ता सहितको सक्रियता थियो ।