एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ५ : नेपाली काँग्रेसले प्रदेश २ सरकारसँग कोरोना परीक्षणको दायार बढाउनसहितका माग गरेको छ । यस्तै डायलसिस नगरेका कारण ज्यान गुमाएका प्रमोद महतोको परिवारलाई क्षतिपुर्ती दिनुपर्ने काँग्रेसले माग गरेको हो ।
आज नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा स्कुल अफ डेमोक्रेसी कोभिड–१९ क्विक रेस्पोन्स टिमका सदस्यहरुले मुख्यमन्त्री लालबाबु राउत, समाजिक बिकास मन्त्री नवलकिशोर साह र सचिवलाई भेटेर यस्तो मांग राखेका हुन् ।
भेटघाटका क्रममा काँग्रेस संसदीय दलका नेता यादबले पिसिआर परीक्षणको दायरा बनाउन, क्वारेन्टाइन आइसोलेसनको संख्या वृद्धि गर्न तथा गुणस्तरीय बनाउन, प्रादेशिक अस्पतालको बेथितिलाई सुधार गर्न ध्यानाकर्षण गराएका छन् । यस्तै छुट्टै कोभिड अस्पताल ब्यबस्थापन गर्न, आइसियु भेन्टिलेटर थप्न, डाइलेसिस हुन नपाएर मृत्यु भएका महतोका परिवारलाई उचित छतिपुर्ती र दोषीलाई कारबाही गर्न पनि माग गरेका छन् ।
कोरोना महामारीसंग जुधी रहेको सर्वसाधारणहरुको समस्याबारे मुख्यमन्त्री, सामाजिक विकास मन्त्री र सचिवलाई भेटेर अवगत गराएका काँग्रेसका युवा नेता राकेश विक्रम साहले जानकारी दिए । उनले भने, ‘कोरोना महामारी विरुद्धको लडाइमा प्रदेश सरकार असक्षम र सुस्त रहेकोले काम कारबाहीलाई गतिलो, उपयोगी र पार्दर्सी बनाउन आग्रह गरेका छौं ।’
डेलिगेसन टोलीमा स्कुल अफ डेमोक्रेसी कोभिड क्विक रेस्पोन्स टिमका सदस्य मनोज साह, जिबनाथ चौधरी, निर्मल चौधरी, डा. गौरंग मिश्रा, राकेश बिक्रम साह, गुड्डु पाण्डे, दिपक ठाकुर, डा बिपिन यादव, डा सज्जन ठाकुर, अनुश पाण्डे, प्रेम चन्द्र यादवलगायत सहभागी थिए ।