एसपी रिपोर्टर
जनकपुरधाम, साउन २६ : जनकपुरधाम उपमहानगरपालिकाले सफाई गर्न नसकेको भन्दै सांसद किशोरी साह कमल आफै झाडु सहित स्थानियसंगै सफाईमा निक्लेका छन् । जउनपा ९ र १४ को सिमाना राजर्षिजनक चौक स्थित उनको घर छेउछाउका स्थानिय र केहि सहकर्मीहरु सहित उनी सफाईमा सहभागि भए ।
सांसद साहले उपमहानगरपालिका मुख्य सडक वाहेक महानगरपालिकामा कतै पनि सफाई गर्न नसकेको गुनासो गरे । मुख्य सडक पनि सप्ताहमा कहिले काँही सफाई हुन्छ, उनले भने, ‘उपमहानगरपालिका प्रतिको गुनासो मेरो मात्र होइन अधिकांशको सुनिन्छ तर पनि केहि हुन सकेको छैन ।’ स्थानिय जनप्रतिनिधीहरु एकदमै लापरवाह भएको उनको दुःखेसो छ ।
अहिले भएको विकास जनप्रतिनिधीले नभई एडिवीको भएको भन्दै उनले जनता सचेत नभए सम्म यस्तै हुने बताए । यद्यपि अहिले जितेका मेयर उपमेयर सहितका जनप्रतिनिधीहरु निर्लज्जता प्रदर्शन गरिरहेको बताए ।