एसपी रिपोर्टर
जनकपुरधाम, साउन २६ : जनकपुरधाम उपमहानगरपालिकाको धार्मिक स्थल पापमोचनी मन्दिरको सफाई तथा जिर्नोधार कार्यको शुभारम्भ गरिएको छ । अर्थ क्लिन ग्रिन फाउंडेशन र सरस्वती नगर टोलबासी समाजसेवीहरुको उपस्थितीमा जनकपुरधाम वडा नं ४, १२ र २४ मा अवस्थित ऐतिहासिक, पौराणिक तथा गौरवमय धार्मिक स्थल पापमोचनी मंदिर प्रागनको बृहत सर–सफाई तथा जिर्नोधारको कार्यक्रम सुरूवात गरिएको अभियानी दिपु ठाकुरले बताए ।
सरसफाई कार्यक्रममा उपस्थित समाजसेवीहरूको सर्वसम्मतिवाट मन्दिर तथा उक्त स्थलमा रहेको बट बृक्ष(देव बृक्ष÷बर बृक्ष) को चौतारा निर्माण, बिभिन्न प्रकारका फूल, बिरूवा रोपन, नियमित ब्यायाम गर्ने स्थालको निर्माण तथा श्रद्धालुहरु नुहाउने पोखरी समेतको सौन्दर्यीकरण गरीने कार्यक्रमलाई निरन्तरता दिने निर्णय समेत गरिएको छ । सुन्दर शान्त जनकपुरधामको ऐतिहासिक धरोहर पापमोचनी मन्दिर स्थलको संरक्षण विकासमा सवैको ध्यान जानुपर्ने उनीहरुको मांग छ ।