एसपी रिपोर्टर
जनकपुरधाम, साउन १४ : धनुषाको औरही गाँउपालिकामा सोनाइ बाबा किर्तन भवन र घेरा वाल निर्माण कार्य सम्पन्न भएको छ । गाँउपालिकाको वडा नं. ५ हरुसाहा टोलमा स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत २०७६÷०७७ को योजना अनुसार प्रतिनिधीसभा सांसद उमा शंकर अरगरियाको संसदिय विकास कोषवाट सो कार्य सम्पन्न भएको हो ।

कुल दश लाखको लागतमा संसदीय बजेटवाट निर्माण सम्पन्न भएको जसपाका नेता बिनोद रोहिताले बताए । किर्तन भवनको समुदघाटन कार्यक्रममा पार्टीको नगर अध्यक्ष कमल देब मण्डल, नेता विनोद रोहिता, प्रमोद अधिकारी, सरोज कुमार मण्डल, हविब मनसुरी, विद्यार्थी नेता अमिन राइन लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

सो अवसरमा उपभोक्त समितिले सांसद अरगरियालाई दोशाला ओढाएर सम्मान गरेक थिए । सोनाइ बाबा किर्तन भवन र घेरा वाल निर्माणकार्यको विधिवत पुजा पाठ गरि समुदघाटन गरिएको छ ।
