एसपी रिपोर्टर
महोत्तरी, साउन १३ : प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमंत्री सरोज सिंह कुशवाहाले आफ्नो क्षेत्रमा ७२ लाखको लागतमा धर्मशाला (दुमुहान संगम धर्मशाला उतरवारी टोल) बनाइए दिएका छन् । राज्यमंत्री कुशवाहाले मनरासिस्वा नगरपालिकाको वडा नं. ६ सरपल्लोमा दुई सुविधा सम्पन्न धर्मशाला निर्माण गरेका हुन् । दुबै धर्मशालाको सोमबार एक समोरोहबीच पुर्व संघिय स्वास्थ्य राज्यमंत्री डा. सुरेन्द्र यादव र राज्यमंत्री कुशवाहाले संयुक्त रुपमा समुदघाटन गरेका छन् ।
गाउमा धर्मशाला बनेपछि सरपल्लोवासीको मुहारमा हर्ष देखिएको छ । स्थानिय अन्य पार्टीका प्रतिनिधीहरु समेत कार्यको सराहना गर्दै समाजको हितका लागि हुने कुुनै पनि कामको सकारात्मक प्रतिक्रिया जनाउनु पर्ने भन्दै खुसी व्यक्त गरेका छन् । राज्यमंत्री कुशवाहाले आफ्नो क्षेत्रमा १९ वटा वडा रहेको र सबै वडामा समानुपातिक हिसाबले विकास गर्ने प्रतिबद्धता जनाए ।
उनले प्रदेश सरकारको नेतृत्व जनता समाजवादी पार्टीले गरेकाले संघीय सरकारको अबरोधका कारण सोचेजस्तो काम गर्न नसकिरहेको बताए । उनले प्रदेश सरकार विभिन्न बाधा अबरोधका बाबजुद जनतालाई महसुस हुनेगरी सके सम्म काम गरिरहेको दावी गरे । पुर्व स्वास्थ्य राज्यमन्त्री डा. यादवले मधेशमा विकास निर्माणको काममा समेत पक्ष बिपक्ष हुने भएकाले प्रगती हुन नसकेको बताए ।
समारोहमा जनता समाजवादी पार्टीका नेता संजय चौधरी, जसपा र अन्य पार्टीका प्रतिनिधी र नेता कार्यक्रता सहित स्थानियवासीको उपस्थिती थियो ।