एसपी रिपोर्टर
जनकपुरधाम, साउन १३ : जनता समाजवादी पार्टीका प्रतिनिधीसभा सांसद उमाशंकर अरगरियाले कमला नदी तटबन्धको निरीक्षण गरेका छन् । सांसद अरगरियाले कमला नदि तटबन्धको निरीक्षण गर्न रामघाट सहित त्यस क्षेत्रमा पुगेका छन् । साथै उनले हथमुंडा, लक्कर, टरीया हुदै सघरासम्मको तटबन्ध निरीक्षण गरेका हुन् ।

निरीक्षण टोलीमा प्राविधिकहरुको समेत सहभागिता थियो । उनीहरु कमला नदीको वहाव, पानीको सतह र भविष्यमा पर्न सक्ने प्रभाव तथा निराकरणका लागि हुन सक्ने योजनाहरुको बारेमा छलफल गरेका हुन । धनुषा क्षेत्र २ मा कमला नदीको प्रभाव पर्ने गरेकाले सांसद अरगरियाले चासो लिएका हुन । कमला नदि नियन्त्रण आयोजना धनुषाको प्रतिनिधि ई. महेश प्रसाद गुप्ता, जनता समाजवादी पार्टी धनुषाका नेता बिनोद रोहिता, पार्टीका कमला नगर प्रमुख मनिक लाल मण्डल, युवा नेता राम जीवन यादव, इसराफिल राईन, सरोज कुमार मण्ड र निशान्त यादवसहितको उपस्थिति रहेको थियो ।
सोनापारामा देवी सोनासती माता मन्दिरको समुदघाटन

सोहि क्रममा सांसद अरगरियाले क्षेत्रको सोनापारामा देवी सोनासती माता मन्दिरको समुदघाटन समेत गरेका छन् । अधिकांश ग्रामिण भेग पर्ने धनुषा निर्वाचन क्षेत्र नं. २ का सांसद उमाशंकर अरगरियाको संसदीय बजेट स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत आ.व.०७६÷०७७ को योजना अनुसार मन्दिर निर्माणकार्यको लागि छुट्याइएको रकम १५ लाखको लागतमा कमला नगरपालिका वडा नं. ८ को दक्षिणबारी टोल सोनापारामा देवी सोनासति माताको मन्दिर निर्माणकार्य सम्पन्न भएपछि समुदघाटन गरिएको छ । बिधिवत एक कार्यक्रम गरि उक्त मन्दिरमा पुजापाठ गरि सांसद अरगरियाले रातो रिबन काटेर मन्दिरको समुदघाटन गरेका हुन ।

उक्त कार्यक्रममा वडा अध्यक्ष राजेश्वर मरिक, राम जीवन यादव, पार्टीको नगर अध्यक्ष मनिक लाल मण्डल, विनोद रोहिता, सरोज कुमार मण्डल, महेन्द्र प्रसाद यादव, दानी मण्डल, लक्ष्मेशवर यादव, हरि यादव, काशी यादव, राम प्रताप साह लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।