एसपी रिपोर्टर
जनकपुरधाम, असार २५ : धनुषाको जमुनी नदीमा बुधवार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । जमुनी कठहा सिचाई योजना बहुअर्वा धनुषा सिचाई जलउपभोतmा संस्थाका अध्यक्ष प्रवेश चौधरीको अध्यक्षतामा एवम् जलश्रोत तथा सिचाई विकास डिभिजन धनुषाका प्रमुख भगवान झाको विशेष उपस्थितिमा भएको सो वृक्षारोपण कार्यक्रममा उपाध्यक्ष बतहु यादव, सचिव सुरेश ठाकुर, कोषाध्यक्ष रन्जु देवी साह, सहसचिव प्रकाशदेवी मंडल, विश्वनाथ ठाकुर, अन्जनी झा सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।
नहरको डिलमा १६ सय आंपका विभिन्न प्रजाति रुखहरु घेराबेरासहित रोपिएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले नदी र पर्यावरणको संरक्षणका लागि रुख रोपिएको बताएका छन । उनले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जमुनी नदी संरक्षणका लागि सरोकारबला निकायहरु लगायत स्थानीयहरुलाई समेत जोडका साथ लाग्न आग्रह गरेका छन ।
उनले सन्तुलित विकास र पर्यावरण संरक्षणका लागि सबैले हातेमालो गरी अगाडि बढ्नु पर्नेमा जोड दिएका छन । विकास र पर्यावरण संरक्षण एकैसाथ गर्न सके मात्र विकासको अनुभूति गर्न सकिने उनले बताए । नदीका डिलहरुमा कसरी बृक्षारोपण गर्ने, संरक्षण गर्ने लगायतका नीतिगत विषयहरु स्थानीय तहबाट छलफल र कार्यान्वयन हुनु पर्नेमा जोर्ड दिएका छन ।