एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १३ : जनकपुरधाम उद्योग बाणिज्य संघ आवद्ध व्यापारी, उद्योगी व्यवसायीहरुले अव स्वास्थ्य परिक्षण सेवामा पचास प्रतिशत छुटको सुविधा पाउने भएका छन् । जनकपुरधामको प्रादेशिक अस्पतालको ठिक सामने अस्पताल रोडमा सञ्चालित हाइटेक प्याथोलोजी र जनकपुरधाम उद्योग बाणिज्य संघ बिच भएको सम्झौतामा सो सेवा र सुविधा उल्लेख गरिएको छ ।
हाइ टेकका सञ्चालक सन्तोष निर्मलका अनुसार प्याथोलोजिका साथै एक्स रे र अल्ट्रासाउन्ड परीक्षणमा पनि सोहि प्रतिशतमा छुटको सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख रहेको छ । संघका अध्यक्ष सुरेन्द्र भण्डारीले हाइटेक सँगको सम्झौता प्रति खुसी व्यक्त गर्दै सम्झौताले व्यापारीहरु समयमै स्वास्थ्य परिक्षणका लागि केहि न केहि रुपमा थप प्रेरित हुने र स्वास्थ्य सचेतना बढने बिश्वास व्यक्त गरेका छन् ।
हाइ टेकका अनुसार घरमै पुगेर स्याम्पल संकलन र नियमति स्वास्थ्य निरीक्षणको सुविधा पनि सम्मmौतामा उल्लेख छ । संघ र हाइटेक बिच सम्झौता पत्रमा हस्ताक्षर सहित आदान प्रदान गरिएको छ ।





