एसपी रिपोर्टर
जनकपुरधाम, असोज ५ :
जनकपुरधाम आगमनको मुख्य चौक पिडारी चौकमै रहेको गोरधोहिन पोखरी छेउछाउका क्षेत्र एकदमै फोहर रहेका बेला स्थानीयको प्रयास र पहलमा केहि सुधारका गतिविधिहरु गरिएको छ ।

चौकमै रहेको ई रिक्सा स्टयान्डका चालक, यात्रु सहित आगन्तुकलाई लागि शौचालयको व्यवस्थापन अभावमा फोहर रहेको सो क्षेत्रलाई लक्षित गर्दै त्यहाँ मोबाइल शौचालय राखिएको ई रिक्सा मजदुर संगठनका अध्यक्ष विरेन्द्र महतोले बताए ।

उनले विभिन्न कारणहरुले पहिला देखिनै सो क्षेत्र फोहर रहेको भएपनि हालमा ई रिक्सा स्टयान्डका कारण हामि माथी आरोप र टिका टिप्पणी हुन थालेपछि आफनो संगठनको समेत प्रयासमा प्रदेश सरकार र स्थानिय सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा आज अस्थाई शौचालय पाइएको बताए ।

कसैको जिम्मेवारीमा दिएर सो शौचालयको व्यवस्थापन र हेरचाहका लागि आफुहरु सक्रिय रहने समेत उनले बताए । केहि दिन एता पिडारी चौकमा विभिन्न युवाहरुको समूहहरु बनेर स्थानिय पोखरी तथा टोल क्षेत्रको सफाई अभियान तिव्रता पाएको छ ।