एसपि रिपोर्टर
धनुषा, बैशाख २२ : जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ।मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा सो कुरा उल्लेख गरिएको छ ।साथै, आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत भएको जारी सूचनामा उल्लेख छ ।