एसपी रिपोर्टर
सोमबार, ०१ वैशाख २०८२ : केही दिनअघि हनुमान जयन्तीको अवसरमा वीरगन्जमा झडपको स्थिति सिर्जना भएको थियो।
सो अवसरमा हनुमान जयन्तीमा सहभागी समूह र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणबाहिर जान थालेको थियो। अवस्था नियन्त्रणमा ल्याउन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्नु परेको थियो।हाल भने वीरगन्जको जनजीवन विस्तारै सामान्य बन्दै गएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीय प्रशासनले सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।