एसपी रिपोर्टर
जनकपुरधाम , चैत १७ :जनकपुरधामस्थित मिथिला मन्टेसरी स्कूलले आफ्ना विद्यार्थीहरुलाई प्राइज वितरण गरेको छ। विद्यालयले वर्षभरिका विभिन्न ऐकेडमिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेका ३२५ जना विद्यार्थीलाई आइतबार आयोजित एक कार्यक्रमकाबीच मेडल र कप प्रदान गरेको हो।
वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो स्थान ल्याउने विद्यार्थीहरू र अतिरिक्त खेल, कला तथा रचनात्मक क्रियाकलापमा उत्कृष्टता प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको विद्यालयका संस्थापक कुशेश्वर महासेठले जानकारी दिए।मिथिला मन्टेसरी स्कूलका प्रिन्सिपल बिपिन सिंहले भने, “हामीले विद्यार्थीहरूलाई केवल किताबको ज्ञान मात्रै होइन, प्रयोगात्मक र रचनात्मक ज्ञानमा पनि विशेष ध्यान दिएको छ।”
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए। कार्यक्रममा विद्यार्थीका अभिभावक, स्थानीय जनप्रतिनिधिहरू र विद्यालयका शिक्षकहरूको उपस्थिति थियो।