एसपी रिपोर्टर
जनकपुरधाम, चैत ६ : जनकपुरधामको वडा नं. २ मा लामखुट्टे आतंकबाट राहतका लागि फगिङ्ग अभियान जारी छ । वडा सदस्य अमित साहको अगुवाई र सक्रियतामा वडाका विभिन्न गल्लीहरुमा लामखुट्टे आतंकबाट राहतका लागि फगिङ्ग गरिदै छ ।
वडा कार्यालयको समन्वयमा कर्मचारीहरूको टोली मोटरसाइकलमा सवार हुँदै विभिन्न स्थानमा फगिङ गर्दैछ । यो अभियानका क्रममा प्रमुख सडक, गल्ली, बस्ती र लामखुट्टे प्रजनन हुने स्थानहरूलाई प्राथमिकता दिइएको छ ।
जनकपुरधाममा बढदो लामखुट्टे आतंकबाट राहतका लागि जनप्रतिनिधीको नाताले आफुहरु यो काम अगाडि बढाएको वडा सदस्य साहले बताए । वडाको कामबाट स्थानीय बासिन्दाहरू खुसी व्यक्त गर्र्दै नगर भरिनै यस्तो काम हुनुपर्ने बताए । वडा कार्यालयले यो अभियानलाई निरन्तरता दिने बताएको छ ।

वडा सदस्य साहका अनुसार, “फगिङ अभियानसँगै सचेतना कार्यक्रम पनि सञ्चालन गरिनेछ । यसले नागरिकलाई लामखुट्टेको रोकथामका उपायहरू अपनाउन प्रोत्साहित गर्नेछ ।” वडा कार्यालयले लामखुट्टे आतंकबाट राहतका लागि नागरिकहरूलाई पनि घरका साथै वातावरणीय सफाइ र सचेतनामा ध्यान दिन आग्रह गरेको छ ।