एसपी रिपोर्टर
काठमाणडौं, चैत ५ : डिशहोमले १ जीबीपीएस गतिको नयाँ इन्टरनेट प्याकेज ‘अल्ट्राम्याक्स’ सार्वजनिक गरेको छ। डिशहोम एलिट इन्टरनेट योजना अन्तर्गत ल्याइएको यो प्याकेज धेरै डिभाइस प्रयोग गर्ने, भिडिओ स्ट्रिमिङ, गेमिङ र अनलाइन मिटिङका लागि उपयुक्त रहेको छ।
डिशहोमका आधिकारिक बिक्रेता न्यू लक्ष्मी इन्टरप्राइजेजका संचालक सुनिल महतोका अनुसार, नेपालमै पहिलो पटक वाई-फाई सिक्स टेक्नोलोजी भएका राउटरमार्फत यो सेवा उपलब्ध हुनेछ। यो सेवा स्मार्ट होम, आईओटी डिभाइस तथा उच्च गतिको इन्टरनेट आवश्यक पर्ने प्रयोगकर्ताहरूलाई लक्षित गरिएको छ।यो योजनाअन्तर्गत ग्राहकहरूले वाई-फाई सिक्स प्राइमरी राउटर, पाँच लाख रुपैयाँ बराबरको जीवन बीमा योजना, र वाई-फाई एक्सटेन्डर (गिगाहोम मेश नोड) निःशुल्क प्राप्त गर्नेछन्।वाई-फाई सिक्स प्रविधिले पुराना राउटरहरूभन्दा छिटो र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने बताइएको छ। यसले ४K/8K भिडिओ स्ट्रिमिङ, आईपीटिभी, VR तथा अनलाइन गेमिङमा उत्कृष्ट अनुभव दिनेछ। साथै, एकैसाथ ६४ ओटा डिभाइस जडान गर्न सकिने र प्यारेन्टल कन्ट्रोल तथा सुरक्षित नेटवर्क पहुँच जस्ता सुविधासमेत उपलब्ध हुनेछन्।
वाई-फाई सिक्स टेक्नोलोजीले स्मार्ट लाइट, सेक्युरिटी क्यामेरा, स्मार्ट स्पिकर लगायतका आईओटी उपकरणहरू सहजै जडान गर्न सक्ने महतोले जानकारी दिएका छन्।