एसपी रिपोर्टर
जनकपुरधाम ,फागुन २१ :

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका का नगर प्रमुख श्री सुखदेव यादव द्वारा इलाका प्रहरी कार्यालय महेन्द्रनगर का प्रहरी निरीक्षक श्री सोनु कुमार साह लाई विशेष विदाई तथा सम्मान गरेएको छ।

उक्त कार्यक्रम नगरपालिकाले आयोजना गरेको हो, जसमा वडा नं. ६ का अध्यक्ष विनोद प्रसाद गुप्ता, वडा नं. ९ का अध्यक्ष अवध किशोर यादव, नेकपा एमाले नगर अध्यक्ष अनिल चौधरी, रामकृष्ण यादव, हिरालाल पसमान, नगरपालिकाका कर्मचारी तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेका थिए।

कार्यक्रममा वक्ताहरूले निरीक्षक साहको कार्यकालको प्रशंसा गर्दै उनको योगदानको उच्च मूल्यांकन गरेका थिए। स्थानीय सुरक्षा व्यवस्था तथा शान्ति स्थापनामा उनले खेलेको भूमिकाको सराहना गर्दै भविष्यका लागि सफलताको शुभकामना व्यक्त गरे।