एसपी रिपोर्टर
काठमाणडौँ ,फागुन १९ : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक ललितपुरको बालकुमारीमा जारी छ।
आइतबारदेखि सुरु भएको बैठकको दोस्रो दिन जनतासँग जसपा जागरण अभियानको समीक्षा भइरहेको छ।बैठकमा अभियानमा खटिएका केन्द्रीय सदस्यहरूले आआफ्नो प्रतिवेदन प्रस्तुत गरिरहेका छन्। आइतबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गरेका थिए।
पार्टीका महासचिव लालबाबु राउतका अनुसार, जागरण अभियानबारे छलफलपछि अध्यक्ष यादवले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि सदस्यहरूले आफ्नो धारणा राख्नेछन्। बैठक भोलिसम्म चल्नेछ।