एसपी रिपोर्टर
काठमाणडौं, फागुन १८ :
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु भएको छ। तीन दिनसम्म चल्ने बैठकमा ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा गरिनेछ।

बैठकमा पालिका समिति गठन तथा पुनर्गठनको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आफ्नो कार्यक्षेत्रको प्रगति विवरण प्रस्तुत गर्नेछन्। साथै, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीति तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्, जसमा केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्।

पार्टीले सरकारलाई दिएको समर्थनबारे पनि बैठकमा छलफल हुने जसपाका एक नेताले जानकारी दिएका छन्।