एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १७ : राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल स्ववियूको निर्वाचनमा सहभागिता जनाउने भएको छ । जनकपुरधाम स्थित चर्चित राराब क्याम्पसमा चैत ५ गते हुन लागेको स्ववियूको निर्वाचनमा होमिन पार्टीका नेताहरुले राष्ट्रिय विद्यार्थी मञ्च राराब इकाई कमिटि गठन गरेको छ ।
जनकपुरधाममा पार्टीका युवानेताहरु संजय कुमार चौधरी र दिपक झाको उपस्थितीमा भएको भेलाले आरती कुमारी झाको अध्यक्षतामा राराब ईकाइ कमिटि गठन गरि निर्वाचनमा होमिन लागेको नेता चौधरीले बताए । कमिटिको उपाध्यक्षमा अञ्जली शर्मा र हिरालाल दास, सचिवमा तनविर रेजा राइन, कोषाध्यक्ष आशिका कुमारी कापर र सहसचिवमा गुडिया कुमारी महरा सहितको मञ्च बनाइएको छ ।
नेता चौधरीले मञ्च पुरै प्यानल राराब क्याम्पसको स्ववियू निर्वाचनमा भाग लिन लागेको बताए । हामिसंग एकसे एक उम्मेदवार हुनेछ, उनले भने, ‘प्रतिक्षा गर्नोस जित्ने गरि चुनावमा होमिने छौं ।’