एसपी रिपोर्टर
जनकपुरधाम, माघ २८ :
मधेश प्रदेशमा विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन सहकार्य सुदृढीकरण विषयक दुईदिने कार्यशाला सप्तरीको कञ्चनरुपमा सुरु भएको छ।
कार्यशालाको उद्घाटन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको अध्यक्षतामा भएको हो। AEIN को सहयोग, DPNET नेपालको सहआयोजना तथा मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा कार्यक्रम सञ्चालन भइरहेको छ।
कार्यशालामा प्रदेशका सुरक्षा निकायका प्रमुख, आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको छ।
कार्यक्रममा DPNET नेपाल, ROYM, नेपाली सेना (मध्यपूर्वी पृतना मुख्यालय, बर्दिबास), नेपाल प्रहरी (मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर), सशस्त्र प्रहरी बल (२ नं. छिन्नमस्ता बाहिनी), जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रतिनिधिहरूले विपद् व्यवस्थापन र जलवायु परिवर्तनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने छन्।