एसपी रिपोर्टर
जनकपुरधाम, माघ १० : वक्ताहरुले नागरिक संस्था र सरकारी निकायहरु बिच सहकार्य र समन्वय एकदम अपरिहार्य रहेको बताएका छन् । गैरसरकारी संस्था गैसस महासंघ मधेश प्रदेशको आयोजनमा जनकपुरधाममा भएको एन नागरिक संस्था तथा सरकारी निति नियम कार्यान्वयनकर्ता बिचको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले सरकारी निकायको मुख्य उद्देश्य पनि नागरिकलाई सेवा प्रवाह नै रहेकाले नागरिक संस्थाहरुको समन्वयमा सेवा प्रभाव नै उत्तम बाटो भएको बताए । नागरिक संस्थाहरुले पनि सरकारी निकायलाई सल्लाकारको रुपमा सहकार्य गर्नुपर्ने मन्त्री जयसवालको तर्क थियो ।

गैसस महासंघका केन्द्रिय सचिव बैद्यनाथ चौधरीले सरकारी निकायको सफलतामा नागरिक संस्थाहरु परिपुरक भएर काम गरिरहेकाले सोहि अनुसारको समन्वय र सहकार्य हुन आवश्यक रहेको बताए । नागरिक समाज तथा संघ संस्थाहरूको स्थान प्रर्वद्वन कार्य सम्बन्धी सो कार्यक्रममा मधेश सरकारका सचिव, प्रदेशमा क्रियाशिल गैससकर्मीको उपस्थितिमा बिधमान ऐन, कानुन तथा नियमावली निर्माण तथा संसोधन गरि समय सान्दर्भिक बनाउने र अगामी दिनमा मधेस प्रधेस सरकारको प्राथमिकताको क्षेत्रमा काम गरि मधेश प्रदेशको समृद्विमा भुमिका निर्वाह गर्नुपर्नेमा वक्ताहरुले आ आफ्ना बिचार राखेका थिए ।
गैरसरकारी संस्था गैसस महासंघ मधेश प्रदेशका अध्यक्ष रामबाबु साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य सारदा देवी थापा, सारदा देवी दास, भरत साह, जंगीलाल राय र सकुन्ती देवी, गैसस महासंघका केन्द्रिय सचिव बैद्यनाथ चौधरी, दलित समाज उत्थान समिति नेपालका संस्थापक अध्यक्ष शुनिल कुमार ठाकुर सहित विभिन्न सरोकारवाला निकायका प्रमुखहरुको उपस्थिती थियो ।