एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ५ : भुमिहिन हरवाह चरवाहहरुको विद्यमान समस्या बारे जनकपुरधाममा पत्रकारहरुसंग अन्तरक्रिया गरिएको छ । आईएलओको सहयोगमा दलित समाज उत्थान समिति नेपालको आयोजना भएको अन्तरक्रियामा मधेशमा कृषि बधुवा मजदुरका रुपमा रहेका करिव ७० हजार हरवाह चरवाहहरुका लागि समितिले गर्दै आएको उत्थानका क्रियाकलापका साथै अझै रहेको समस्याहरुको बारे समितिका कार्यक्रम सल्लाहकार पुणित कुमार चौधरीले बताएका थिए ।
चौधरीका अनुसार विभिन्न चरणमा मधेशको सप्तरी र सिरहामा त्यस्ता लक्षित समुदायको दैनिकी उकास्न र उत्थानका लागि समितिले ३ सय १० जनालाई विभिन्न १३ विद्याका सिपमुलक तालिम सञ्चालन गर्नुका साथै लैंगिक हिंसा, भ्रष्टाचार र आर्थिक सुशासनका सवालमा समिति काम गरिरहेको र अव धनुषा तथा महोतरीमा समेत यस्ता कार्यक्रम थालिएको बताए ।
लक्षित वर्गलाई मोबाइल, टाइल्स मार्वल, राजमिस्त्री, पशुपालन सहितका विषयमा तालिम र सिप दिने काम गर्दै त्यसपछि उनीहरुको हकहितका लागि गठित संगठन संगको पहलमा सम्बन्धित पालिका सहितका सरकारहरुसंग समन्वय गरि रोजगारीका लागि समेत पहलकदमी लिने गरिएको बताइएको छ । सो अवसरमा समितिका सहजकर्ता जितेन्द्र कुमार मण्डल र सञ्चारकर्मीहरुको उपस्थिती थियो ।