एसपी रिपोर्टर
जनकपुरधाम, चैत २८ : जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ ले वडाका २५ जना जयेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा कार्यालयमा एक समारोहका बिच वडा अध्यक्ष अर्जुन चौधरीले वडाका ८० वर्ष उमेर कटेका कुल २५ जना जयेष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै राहत समाग्री पनि सहयोग गरेको छ ।
वडा सदस्य बलराम गुप्ताका अनुसार वडा अध्यक्ष चौधरीले ति अग्रजहरुलाई गम्छा ओढाएर सम्मान गर्नुका साथै कम्वल, जाजिम, चवनप्राश र खाजा पनि वितरण गरिएको हो । वडा अध्यक्ष चौधरीले मेयर मनोज कुमार साहको विशेष उपस्थितीमा सो सम्मान कार्य सम्पन्न भएको बताए ।
मेयर साहले वडा नं. ११ ले गरेको काम सराहनिय रहेको भन्दै वडाहरुमा फोहर व्यवस्थापनको काम चुस्त रुपमा हुन नसकेको गुनासा मेटन आग्रह गरेका थिए ।