एसपी रिपोर्टर
जनकपुरधाम, चैत १० :
हार्डवेयर व्यवसायीहरुको संगठन जनकपुरधाम हार्डवेयर व्यवसायी संघले सदभाव, भाईचारा र मेलमिलापको पर्व होलीको शुभकामना आदान प्रदान गरेको छ । जनकपुरधामका हार्डवेयर व्यवसायीहरु सहित व्यापार संघका अगुवाहरु समेतको सहभागितामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरुले आर्थिक चुनौतीका बिच आएको होली एकताका साथ मिलेर मनाउनुपर्ने बताए ।

हामीमा जुन उत्साह हुनुपर्ने हो त्यो छैन, परिस्थिती फरक छ संघका अध्यक्ष शशी रौनियारले भने, ‘तर एकता सबै भन्दा ठुलो हौसला हो, सबै सामना गर्न सक्छौ ।’ जनकपुुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष तथा पुर्व अध्यक्षहरु जितेन्द्र महासेठ, ललित साह सहितको उपस्थितीमा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष मनिष रमन साह, महासचिव मनोज कुमार साह, रौनियार सेवा समितिका महासचिव रामबाबु गुप्ता सहित व्यापारीका नेताहरु सहितको उपस्थिती थियो ।