एसपी रिपोर्टर
जनकपुरधाम, चैत ८ : नेपाली कांग्रेस धनुषाले कमला सिंचाईको विभिन्न उपभोक्ता समितिहरुमा पार्टीबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । पार्टीको जनकपुरधाम पिडरीया माईथान स्थित जिल्ला पार्टी कार्यालयमा जिल्ला सभापती योगेन्द्र पजियारले उनीहरुलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
सो अवसरमा कमला सिचाई पश्चिमी धनुषा मुल समितिका अध्यक्षमा निर्वाचित श्याम बाबु यादब, पर्वाहा शाखा अध्यक्ष बनेका सुजित मिश्र, महिनाथपुर शाखाका अध्यक्षमा पुग्न सफल रामभगत यादब तथा खुजरी शाखाको अध्यक्षमा निर्वाचित हरिदेब यादवका साथै रघुनाथपुर शाखा अध्यक्षमा निर्वाचित रामवृक्ष यादव सहितकालाई सामुहिक रुपमा पार्टी कार्यालयमा अविर माला लगाई बधाई दिइएको छ ।