एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २७ : श्री राम उच्च मावि प्लस टु क्याम्पसले आफना एसईई दिने १० कक्षाका विद्यार्थीहरुलाई विदाई गरेको छ । फेरि भेटौला नामक एक समारोहको आयोजना गरि क्याम्पसका कक्षा ९ का विद्यार्थीहरुको अगुवाईमा सो समुहका विद्यार्थीहरुको बिदाई गरिएको हो ।
सांस्कृतीक कार्यक्रमहरु सहित गरिएको कार्यक्रममा विद्यालयका प्रिन्सीपल डा. सन्तोष कर्णले सम्पुर्ण विद्यार्थीहरुलाई सफलताको शुभकामनाका साथै उज्जवल भविष्यको कामना गरेका थिए । सो अवसरमा कक्षा ९ र १० का छात्राहरुले नृत्य प्रस्तुत गरेकी थिइन ।

विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै अविर टिका र खादा लगाएर बिदाई गरिएको छ । विद्यालयका सञ्चालक रामकिशोर लाल, व्यवस्थापक तथा सञ्चालक डा. संतोष कुमार कर्णले विद्यार्थीहरुलाई सम्मानका साथ विदाई संगै कक्षा ११ मा चाडै भेट हुने बताए । डा. कर्णले मेडिकल लगायत अन्य प्रवेश परीक्षाहरुमा श्रीरामका विद्यार्थीहरु नाम निकालन सफल भएको उल्लेख गर्दै मेहनत गर्न सुझाव दिएका थिए ।

माविका शिक्षक तथा संयोजक शैलेश झा, सहप्रधानाध्यापक शैलेन्द्र झा , प्रध्यापक खगेन्द्र दाहाल, राकेश सिंह, अनिल साह, साधना कर्ण, विपेन्द्र कर्ण, अभिनव अंशु, रोशन कर्ण लगायतको उपस्थिती रहेको कार्यक्रममा विद्यालयका विद्याथीहरुको सहभागिा थियो ।