एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १९ : नेकपा एकिकृत समाजवादी पार्टीको शुभेच्छुक समाजवादी प्रेस संगठन धनुषाको पहिलो सधारणसभा जनकपुरधाममा सम्पन्न भएको छ । शनिवार एक विशेष कार्यक्रमको आयोजना गरि संगठन धनुषाले आफनो प्रथम सधारणसभा मनाएको छ ।
संगठन धनुषाका अध्यक्ष अकुल प्रसाद साहको अध्यक्षता तथा मधेश प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वृहतर जनकपुर विकास क्षेत्रका अध्यक्ष तथा पत्रकारका अगुवा समेत रहेका शितल साह, समाजवादी प्रेस सगठनका केन्द्रीय अध्यक्ष विष्णु मनि सुवेदी, मधेश प्रदेश अध्यक्ष प्रविण साह लगायत विभिन्न प्रेस संगठन धनुषाका अगुवा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

वक्ताहरुले पत्रकारिता जगत कमजोर हुदै गएको भन्दै देश परिवर्तणमा अहम भुमिका खेलेको यस जगतको रक्षा, सुरक्षा र वृद्विविकासका लागि तिनै तहको सरकार संवेदनशिल हुन आवश्यक रहेको बताए । मधेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री न्यौपानेले पत्रकारीकताको मर्म र धर्म दुवै समाजवादको दिशातिर अग्रसर हुनुपर्ने बताए । प्रेस संगठनका पत्रकारहरुलाई समाजवादको सिद्धान्तबाट अगाडि बढन सुझाव दिदै उनले पत्रकारको बृद्धि विकासका लागि संगठनले काम गर्नुपर्ने बताए ।
पुजिवादलाई समाजवादसंग समन्वय गराएर सकारात्मक बिचारलाई संरक्षण दिनुपर्नेमा वहाँको विशेष जोड थियो । चटपटे समाचारले पत्रकारीकता उपर प्रश्न चिन्ह खडा गरेको तर्क गर्दै उनले पेशा प्रति जिम्मेवार भए सबै प्रश्न को उत्तर पाउन सकिने बताए ।
सो कार्यक्रमा मधेश मिडिया काउन्सिलका अध्यक्ष कैलाश दास, मधेश आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव, नेपाल पत्रकार महासंघकी अध्यक्ष मोनिका झा, पूर्व अध्यक्ष अनिल कुमार मिश्र, नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंह, प्रकाशक महासंघका महासचिव उपेन्द्र भगत नागवंशी, प्रेस चौतारी धनुषाका अध्यक्ष अवधेश कामत, मधेशी पत्रकार समाजका प्रदेश अध्यक्ष विरेन्द्र रमण, प्रेस सेन्टर धनुषाका अध्यक्ष संजिव मण्डल, प्रेस सेन्टरका प्रदेश अध्यक्ष किरण कर्ण, विद्यापती कोषका पूर्व अध्यक्ष डा. रामसागर पण्डित, समाजवादी प्रेस संगठन मधेश प्रदेशका सदस्य ओम प्रकाश साह, समाजवादी प्रेस संगठन महोत्तरी अध्यक्ष सरिता घीमिरे लगायत धनुषाका पत्रकाहरुको उपस्थिति रहेको थियो ।





