एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३० : जानकी मन्दिर प्रकरणमा धनुषा चेम्बर अफ कर्मस जनकपुरधामले समेत ध्यानाकर्षण भएको जनाएको छ । कर्मसका वरिष्ठ उपाध्यक्ष सरोज कुमार मिश्रले एक इलेक्ट्रोनिक विज्ञप्ती जारी गर्दै विभिन्न वाहानमा जनकपुरधामका धार्मिक धरोहर र आस्थाको केन्द्रहरु बिबादमा पर्ने गरेकाले त्यसको लेखाजोखा र यर्थात बुझन तथा जानकी मन्दिर जस्तो पवित्र धरोहरलाई विश्व सम्पदा सुचिमा सुचिकृत गराउन यथासिघ्र पहलकदमी लिन आवयश्क रहेको बताइएको छ । साथै कानुनी र समाजिक मान्यता अनुसारको ठोस समिति गठन गर्न समेत भनिएको छ ।
यस्तो छ, वरिष्ठ उपाध्यक्ष मिश्रद्वारा जारी विज्ञप्ती
प्रेस विज्ञप्ति
बिगत केहि समय देखी जनकपुर जानकी मन्दिर महन्थ गुरु चेला द्वारा चर्केको बिबाद ले गर्दा उत्पन्न धार्मिक संस्थाहरू प्रतिको नकारात्मक भाव प्रति धनुषा चेम्बर अफ कामर्सको गम्भीर ध्यानाकर्षण भएको छ। हिन्दू धर्मा्बिलम्बीहरू को आस्थाको केंद्र जानकी मन्दिर लगायत सम्पूर्ण मठ मन्दिर धरोहरहरु को संरक्षण र सुरक्षा गर्न कानूनी र सामाजिक मान्यता अनुरूपको ठोस समिति गठन गरि विश्व सम्पदा सूचिमा सूचीकृत गराउने प्रयास देखी अपारदर्शी आय ब्ययका कारण बिभिन्न मन्दिर भित्रको आर्थिक हिनामिना लगायतका सम्पूर्ण मुद्दाहरु माथि समेत अंकुश लगाउन सक्ने खालको पहल यथाशीघ्र गर्न आवश्यक देखिएको छ।
जानकी मन्दिर सम्बन्धी बिभिन्न मुद्दाहरु मा दोषी देखिएको ब्यक्ति अथवा अनुशंधान पश्चात दोषी ठहर हुने ब्यक्ति, महन्त अथवा चेलालाई कानूनी दायरामा यथाशीघ्र ल्याई कारबाही प्रक्रिया अगाड़ी बढ़ाई दिन सरोकारबाला निकायहरु सँग जोड़दार मांग गर्नुको साथै हाम्रो संनस्था बाट सक्ने सम्पूर्ण सहयोग गर्न हामी तैयार रहेको प्रतिबद्धता ब्यक्त गर्दछु।
केहि संघ संनस्था द्वारा आफूखुशी समिति गठन गरि समाजलाई भ्रमित गर्ने कार्यलाई अबिलम्ब रोक्न आग्रह गर्दै जनाकपुर नगरिको पहिचान र देशकै विश्व स्तरमा नाम प्रख्यात गर्न सफल जानकी मन्दिरलाई ब्यवस्थित पार्न, विश्व सम्पदा सूचिमा सूचीकृत गर्न एवं मन्दिर अधिनस्त रहेको श्री सम्पतिहरु को संरक्षण गर्न सम्पूर्ण सरोकारबाला हरुलाई गम्भीर हुन आग्रह गर्दछु।
जानकी मन्दिर प्रतिको आस्थालाई कुंठित गर्ने उद्देश्यले सामाजिक संजालमा कुनै पोस्ट नगर्न र नगराउन सम्पूर्ण महानुभावहरू मा आग्रह गर्दै सस्तो लोकप्रियता को लागि होइन कि समस्या को समाधान गर्न सामाजिक र कानूनी मान्यता अनुरूपको ट्रष्ट गठन गरि जानकी मन्दिर सम्बन्धी समस्या निदान गर्न र आगामी दिनमा मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचीकृत गराउन ठोस पहल तर्फ लाग्न सबैमा अनुरोध छ। सम्पूर्ण मठ मन्दिरको संरक्षण उतिनै आवश्यक देखिएको छ।
सरोज कुमार मिश्र
बरिष्ट उपाध्यक्ष
धनुषा चेम्बर अफ कमर्स