एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २९ : हिन्दूहरुको पहिचानको रूपमा रहेको जनकपुरधाममा अवस्थित श्री जानकी मन्दीर लगायत , श्री राम मन्दिर, श्री राजदेवी मन्दिर, विहार कुण्ड, रत्न सागर, अग्नी कुन्ड लगायतका सैयौं मठ मन्दिर तथा पोखरीहरु समेत अव ट्रष्टीकरणको मांग उठेको छ ।
जानकी मन्दिर सहित यि सवै मठ मन्दिर तथा एताहाँसिक धरोहरहरुको उचित व्यवस्थापन तथा संचालनको लागि यि सबै मठ मन्दिरलाई ट्रस्टीकरण गर्न गराउनका लागी पहल गर्न जनकपुरधाममा सोमवारै अर्को संघर्ष समिति समेत गठन भएको छ । सोका लागि बिभिन्न सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रीय निकाय समक्ष आवाज उठाउन साथै आवश्यक कार्यक्रम तथा कामकरवाहीको लागि शोभा कान्त पाण्डेयको अध्यक्षतामा १५ सदस्सीय संघर्ष समिति गठ्न गरिएको छ ।
समिति सबैको लागि खूल्ला गरिएको र समाजका सबै वर्गलाई समेटिने बताइएको छ । समितिमा रमेश यादव उपाध्यक्ष, आन्नद झा सचिव, आकाश पाण्डेय कोषाध्यक्ष र सदस्यहरु अमित पाठक, आन्नद ठाकूर, अमर दुवेदी्, संजिव सिंह, राजन झा, सत्यम सिंह ठाकूर, नवनित झा, सुमित मिश्रा, गोविन्द राय, चन्दन झा र कूमार प्रशुन छन् ।