एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३ : जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दिपेन्द्र साहले दिनदुःखीलाई सहयोग गरि आफनो जन्म दिन मनाएका छन् । साहले आफनो जन्म दिनको अवसरमा बुधवार केहि मागि खानेहरु लाई घरमै बोलाएर न्यानो कम्वल सहितका लुगाहरु सहयोग गरेका छन् ।

घर अगाडि आफनो पारिवारिक सदस्यहरु तथा ईष्टमित्रहरुलाई बोलाएर उनीहरुको हातवाट समेत ति विपन्नहरुलाई कम्लव सहितको लुगा हस्तान्तरण गर्न लगाई जन्म दिनमा आवयश्कता रहेकाहरुहरुको केहि सहयोग गर्ने प्रयास गरेको साहले बताए । सो अवसरमा पुगेका युवा अगुवा तथा विद्यार्थी नेता प्रशान्त झा, पत्रकार रामकमल सिंहले वडा अध्यक्ष साहले जन्म दिनमा गरेको काम सराहनिय रहेको बताए ।
