एसपी रिपोर्टर
जनकपुरधाम, माघ १ :
चिसोले जनजीवन प्रभावित हुन थालेपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १का पूर्व वडाध्यक्ष शत्रुध्न साहले दाउरा वितरण गरेका छन् । पूर्व वडाध्यक्ष साहले वडा नम्बर १को ठाउँ ठाउँमा चिसोबाट प्रभावित विपन्न तथा चोकहरु दाउरा वितरण गरेका हुन् । ज्याला मजदुरी गरी दैनिक गुजारा गर्ने व्यक्ति, न्यानो कपडाको जोहो मिलाउन नसक्ने व्यक्ति र बजार क्षेत्रका व्यापारीलाई चिसोबाट जोगाउन आगो ताप्ने व्यवस्था गर्नका लागि आफूले दाउरा वितरण गरेको पूर्व वडाध्यक्ष साहले बताए । उनी दाउरा सवितरण पछिल्लो केही वर्ष यतादेखि निरन्तर रुपमा गर्दै आईरहेका छन् । उनले १५ क्विण्टल दाउरा वितरण गरेको जानकारी दिए ।
सामाजिक कार्यमा खर्च गर्न पाउँदा आफूलाई खुसी लाग्ने गरेको उनले बताए ।
’दिनदुःखीको सेवा नै ठूलो धर्म हो,’ उनी भन्छन्, ’यस कार्यले मनमा प्रसन्नता आउँछ, अझै अरु सामाजिक कार्यमा आफू संलग्न रहँदै आएको छु ।
